अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो जनावर फेला पारेका छन् जुन कङ्गारो जस्तो देखिने तर शरिर भने मुसाको जत्रो भएको यो जनावरले यति लामो समय सम्म सेक्स गर्दछ कि जसले गर्दा आफ्नो ज्यान गुमाउद छ।

कङगारोको जस्तै पेटमा थैली भएको यो जनावर मार्सुपियल प्रजातिमा पर्दछ। कालो पुच्छर भएको एन्टएकिनस दक्षिण पूर्वी क्वीन्सल्याण्ड र उत्तर पूर्वी न्यू साउथ वेल्सको अग्लो स्थानमा पाइन्छन्।यो जनावरको अगाडिको भाग हल्का सेतो र पछाडिको भाग खैरो हुन्छ भने कालो रंगको पुच्छर हुन्छ।

ऐन्टएकिनसको मुख्य विषेशता भनेको यसले यौन क्रिया कम्‍तिमा पनि १४ घण्टा सम्म चल्दछ। यस क्रियकमा एउटा भाले र पोथी मात्र होइन हरेक भाले कयौँ पोथी हरके पोथी कयौँ भालेहरुसँग एक पछि अर्को गर्दै यौन क्रिया गर्दछन्।

यी जनावर पता लगाउने रिसर्च टीमका प्रमुख, क्वीन्सल्याण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीका एन्ड्र्यू बाकरले भने, “यो धेरै उत्तेजक जनावर हो यसले आफ्नो प्राण जोखिममा राख्न पनि तयार हुन्छ। भालेले सीधै पोथीलाई समात्छ अनि दुवै यौनमा क्रिया जुढ्छन्।”

कयौँ हत्ता सम्म चल्ने यी जनवारको यौन लिलाका कारणले यस प्रजातिको भालेले ज्यान गुमाउद छ। यौन क्रियाको अवधिमा यी जनावरको भालेले स्ट्रेस नामको हारमोन उत्पादन गर्छ र यस हारमोनले उसको शरीरको टिशू नष्ट पार्न थाल्दछ अनि भालेको मृत्यु हुन्छ। तर पोथीमा भने स्ट्रेस हारमोन बनाउन कार्य रोक्न सक्ने क्षमता हुन्छ।

यो जनावार संसारको सबै भन्दा अग्लो पर्वत गोन्डवाना वर्षावनोमा पाइन्छन्।यो क्षेत्र क्वीन्सल्याण्डको स्प्रिन्गब्रूक नेशनल पार्कमा छन् र सिडनीबाट नौ सय किलोमीटर उत्तर पूर्वमा अवस्थित छ।